लमजुङ, २३ फागुन- मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । तर, उत्पादनगृह छेवैका बासिन्दा भने सोलार र टुकीको भरमा छन् । ६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युत्को आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत् पाएका छैनन्, नयाँ पत्रिकामा खबर छ ।नेपाल विद्युत् प्राधिकरण र लमजुङ विद्युत् उपभोक्ता संस्थाले विद्युत् विस्तारमा चासो नदेखाएकाले सेवाबाट वञ्चित भएको स्थानीयको गुनासो छ ।वर्षौँदेखि विद्युत्का लागि संघर्ष गरे पनि सुनुवाइ नभएपछि स्थानीय निराश भएका छन् । विभिन्न ठाउँबाट बसाइँ सरेर आएकाहरू यस्तो सेवाबाट वञ्चित भएका हुन् । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले ०६५ बाट विद्युत् उत्पादन सुरु गरेको थियो । सुन्दरबजार नगरपालिका ८ डुँडकुलोनजिकैको मोहोरियाटोलका धेरै परिवारले यस्तो समस्या भोगिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया