काठमाडौं – प्रेसले प्रयोग गर्ने ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने एक व्यक्ति पक्राउ परेका छन् ।
हिजो (बिहिबार) मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप हुँदा हातमा क्यामेरा समातेर प्रेसको ज्याकेट लगाएका ति व्यक्तिले भुईबाट ईट्टा टिपेर प्रहरीलाई प्रहार गरेका थिए । उनको सो हर्कत भिडियोमा कैद भएको थियो । सामाजिक सञ्जालमा भाईरल भईरहेको सो भिडियोमा देखिएका महर्जन थरका ति युवक ललितपुरको इमाडोलबाट पक्राउ परेका हुन् ।
महालक्ष्मी नगरपालिका वडा नम्बर १ घर भएका वर्ष २१ का ति व्यक्तिलाई महानगरिय अपराध अनुसन्धान महशाखाको टोलीले पक्राउ गरेको हो ।
पुल्चोक प्रकरणमा केहिबेर अघि पक्राउ परेका ति यु्वकसहित १३ जना पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया