काठमाडौं । कोरोना संक्रमणको कारण काठमाडौंमा एकैदिन ३ जनाको ज्यान गएको छ । मृत्यु हुने तीनै जना महिला रहेका छन् । काठमाडौंका ३ जना ८२, ६७ र २२ वर्षीया महिलाहरुको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जनासहित देशभर १४ जनाको मृत्यु भएको छ ।
त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २ सय ७१ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ । आज मृत्यु हुनेहरुमध्ये १० जना पुरुष र ४ जना महिलाहरु रहेका छन् ।
मृत्यु हुने पुरुषहरुमा सप्तरीका २ जना ५५/५५ वर्षीय, कास्कीका ६५ वर्षीय, धनुषाको ६५ वर्षीय, नवलपरासीका ३७ वर्षीय, रसुवाका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् । त्यस्तै कोरोनाको कारण मृत्यु हुने महिलाहरुमा काठमाडौंका ३ सहित चितवनकी ३५ वर्षीया रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया