काठमाडौं । ललितपुर जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थपिएका ४५७ जना संक्रमित मध्ये ३२ जना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यसैबीच नेपालमा आज (शुक्रवार) थप १ हजार ३५९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २७१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३५४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया