बढ्यो जोखिम : काठमाडौंमा एकैपटक थपिए ३८६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा ३८६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थपिएका ४५७ जना संक्रमित मध्ये ३८६ जना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यसैबीच नेपालमा आज (शुक्रवार) थप १ हजार ३५९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २७१जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३५४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?