मन्त्रालयका उच्च अधिकारीमा कोरोना संक्रमण देखिएपछि मन्त्री नेम्वाङ्ग होम क्वारेटाइनमा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार एक कर्मचारीका कोरोना संक्रमण देखिएपछि मन्त्री बसन्तकुमार नेम्वाङ्ग होम क्वारेन्टाइनमा बसेका छन् ।

बुधबार मन्त्रालयका एक उच्च अधिकारीमा संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ । ती कर्मचारीका संक्रमण देखिएपछि आज सबै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ भएको स्रोतले जनाएको छ ।

उच्च अधिकारीमा कोरोना देखिएपछि मन्त्री नेम्वाङ्ग पुल्चोकस्थित मन्त्री क्वाटरमा अहिले होम क्वारेन्टाइनमा छन् । उनी ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा बसेका हुन् । नेम्वाङ्ग आजको मन्त्रीपरिषदमा समेत सहभागि नभएको स्रोतले जनाएको छ ।

मन्त्री नेम्वाङ्गको आजै स्बाव लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?