काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) शुरु हुन भन्दा पहिला नै चेन्नई सुपरकिंग्समा समस्इा एक पछि अर्को गरेर थपिँदै गईरहेको छ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबाट यो भन्दा अगाडि भाइस क्याप्टेन सुरेश रैना हटिसकेका छन् भने अब अफ स्पिनर हरभजन सिंह हटेका छन् ।
उनले निजी कारण देखाउँदै टुर्नामेण्टबाट हटेको बताएका छन् । हरभजन टीमको साथमा युएई गएका थिएनन् ।
उनले आईपीएलमा १६० म्याचमा १५० विकेट लिएका छन् । साथै ८३९ रन जोडेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया