१ नोभेम्बरबाट अमेरिकाका सबै राज्यमा कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बाँडिने

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण दिनहुँ हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

यसैबीच कोरोनाबाट सबैभन्दा प्रताडित देश अमेरिकामा एक नोभेम्बरबाट देशका सबे राज्यमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन बाँड्न तयारी थालिएको छ ।

अमेरिकी सरकारले सबै राज्यलाई यसको लागि तयार रहन आदेश दिएको हो ।

coronavirus_01.jpg

यूएस सेन्टर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले २७ अगस्टमा गभर्नरलाई एक पत्र पठाएको छ ।

जसमा अबको केहि समयमै यसको अनुमति मिल्ने बताइएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार सीडीसीले ५० राज्य र ५ ठूला शहरमा योजनको जानकारीको साथमा अधिकारीहरुलाई सम्पर्क गरेको छ ।

coronavirus.jpg

पहिलो टिका स्वास्थ्य कर्मचारी, नर्सिङ होमका बासिन्दाहरु र कर्मचारीहरुसहित रिस्क लिनेहरुको समूहलाई उपलब्ध हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?