कोरोना भाइरसको महामारीका कारण थलिएको भारतले अर्थतन्त्रमा पनि नराम्रो चोट बेहोर्नुपरेको छ । भारतको केन्द्रीय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्ष (सन् २०२०/२१) को पहिलो त्रैमासिक अवधिमा भारतीय अर्थतन्त्र करिब एक चौथाइले खुम्चिएको हो ।
कार्यालयका अनुसार देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २३.९ प्रतिशतले ऋणात्मक रहेको छ । यसको अर्थ गत वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा वस्तु तथा सेवाको उत्पादनमा करिब २४ प्रतिशतले घटेको छ ।
अर्थविद्हरूले पहिलो त्रैमासिक अवधिमा भएको गिरावटका आधारमा यस वर्ष भारतको समग्र आर्थिक वृद्धिदर करिब ७ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया