काठमाडौं, २२ फागुन – देवी घर्ती र कस्तुप गैरेको स्वरमा रहेको लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक भएको छ । प्रेमका भावना समेटिएको गीतका शब्द सन्तोष पौडेलले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार पौडेलकै छ । त्यस्तै गीतको भिडियोमा कस्तुप, अञ्जली र प्रकाशको अभिनय छ भने शम्भु चालिसेले भिडियो खिचेका हुन् । भिडियोलाई शंकर विकले निर्देशन गरेका हुन् भने रविन विकले छायांकन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया