महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा निर्घात कुटिएपछि…

पर्सा, ९ असोज- पर्सामा ५५ वर्षीया महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा दुव्र्यवहारको शिकार भएकी छिन् । वीरगञ्ज महानगरपालिका–८ पानीट्याङकीमा बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साको अध्यक्ष राजकुमारी उपाध्यायलाई बोक्सीको आरोपमा कुटपीट गर्नुको साथै मानसिक यातना दिईएका छ ।उपाध्याय झण्डै डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल एकल महिला हुन् । बहुविवाह, घरेलु हिंसा, लैङिगक हिंसा र बोक्सीको आरोपमा पीडित सयौं महिलाहरुलाई आफ्नै पहलमा न्याय दिलाएको बताउने उपाध्याय आज आफै पीडित बन्न पुगेकी छन् ।पानीट्याङकीमा डेरामा बस्दै आएकी उपाध्यायलाई उनी बस्ने घरमै डेरामा बस्दै आएकाहरुले नै आईतबार बिहान एक डेढ बजेको समयमा कुटपिट र दुव्र्यवहार गरेका हुन् । घटनामा सशस्त्र प्रहरी जवान योगेन्द्र कार्कीको समेत संलग्नता रहेको पीडित पक्षले बताए । पीडित पक्षले घटनामा संलग्न भएकाहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?