काठमाडौं । कोरोना संक्रमणको कारण सप्तरीका २ जनाको मृत्यु भएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
मृत्यु हुनेमा ५५ वर्षीय पुरुष रहेका छन् । राजविराज ७ स्थायी ठेगाना भएका उनमा बिगत १५ वर्षदेखि देखि मधुमेह र उच्चा रक्तचाप रहेको थियो । उनमा पहिलेदेखि नै अन्य दीर्घ रोग समेत रहेको थियो । उनमा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सप्तरीको छिन्नमस्ता अस्पतालबाट कमजोरी, अल्परक्तको समस्या नियन्त्रण हुन नसकेपछि गत भदौ ४ गते प्रतिष्ठानमा सारिएको थियो । भने भदौ ८ गतेबाट उनलाई आइसियुमा उपचार गराइने क्रममा बिहीवार सवा १ बजे निधन भएको सापकोटाले जानकारी दिए ।
त्यस्तै अर्को मृत्यु हुनेमा राजविराज ७ कै ५० वर्षीय पुरुष रहेका छन् । उनमा बिहीवार (आज) नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ष्ठानमा कोरोना पुष्टि भएको हो । उनमा पहिलेदेखि भएको अन्य दीर्घरोगका साथसाथै मधुमेहका कारण सिकिस्त उनलाई आज दिउँसो १ २० बजे प्रतिष्ठानको इमजेन्सिमा भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा नै उनको अवस्था गम्भीर रहेको थियो । भने उनको उपचारको क्रममा २ बजे निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उनीहरु दुवैको नियमअनुसार अन्तिम संस्कारको तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया