हेलिकप्टरबाट गर्भवतीको उद्धार

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ गर्खाबाट एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आज सुर्खेत पुर्‍याएको छ । हेलिकप्टरबाट अपराह्न उद्धार गरी सुर्खेत पु¥याएपछि आमा र शिशुको अकाल मृत्यु हुनबाट ज्यान जोगिएको छ ।

अठ्ठाइस वर्षीया पर्वा शाहीलाई स्वास्थ्यकर्मीले दिएको समयअघि नै प्रसूति व्यथा लाग्नाका साथै पाठेघरमा पानीको थोपा बगेकाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा कार्यालय र जिप्रका हुम्लाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमले सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगेको जिल्ला अस्पतालका ।टसी लामाले जानकारी दिए । पछिल्लो समय चंखेली गाउँपलिकाबाट धेरै गर्भवतीको उद्धार हुने गरेको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?