काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिने भएको छ ।
आज बसेको नेकपा सचिवालय बैठकले गौतमलाई सरकारका तर्फबाट राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्यका लागि मनोनयनको लागि सिफारिस गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने बैठकलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
“प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराउनुभयो ।” उनले भने ।
त्यस्तै आजको बैठकमा विवाद समाधानको लागि गठित कार्यदलको प्रतिवेदनकाबारे छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया