नेपालमा कोरोना अपडेट : कहाँ कति थपिए संक्रमित र मृतक ? विवरणसहित हेर्नुहोस्

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ जना महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

चितवनमा ४० वर्षिया, भक्तपुरमा ४० वर्षिया, तनहुँमा ९२ वर्षिया र रुपन्देहीमा ७७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोकमा ७७ वर्षिय र रुपन्देहीमा ६५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।   योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

बितेको २४ घण्टाको विवरण दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभरी संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आजसम्म ७ लाख ३१ हजार ८ सय ५२ जना पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

देशभरी सक्रिय संक्रमित ‘Active Case’ को संख्या १८ हजार ४ सय १३ रहेको छ ।

यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार ६ सय ७१ जना रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा ९ सय ९०, प्रदेश नम्बर २ मा ८ सय ५२, बाग्मती प्रदेशमा ५ हजार ७ सय ६ र गण्डकी प्रदेशमा ६ सय ८० जना, प्रदेश नम्बर ५ मा १ हजार १ सय ३२, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ९ सय ४३ जना गरी १० हजार ६ सय ७१ जना छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय १५, प्रदेश नम्बर २ मा ४ हजार ३ सय, बागमती प्रदेशमा २ हजार ५० र गण्डकी प्रदेशमा ४३ जना, नम्बर ५ मा ४ सय १८, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय २९ जना गरी देशभरी ७ हजार ७ सय ४२ जना रहेका छन् ।

आइसियुमा १ सय ४१ जनाको उपचार भइरहेको छ ।

भेन्टिलेटरमा देशभरी १७ जनाको उपचार भइरहेको छ ।

बितेको २४ घण्टामा थप ९१७ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म प्रदेशमा १ हजार ५ सय ९९ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना, प्रदेश नम्बर ५ मा ६ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजार ७ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी आजसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन् ।

आज क्वारेन्टाईनमा ६ हजार ७ सय ४९ जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित उपचाररत रहेका जिल्लाहरु : काठमाडौं, ललितपुर, चितवन, बारा, धनुषा, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी र सर्लाही रहेका छन् ।

हालको अवस्थामा संक्रमित नभएका जिल्ला भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

बितेको २४ घण्टामा कहाँ कति थपिए संक्रमित  ? 
प्रदेश १ मा : उदयपुरमा २ जना, ओखलढुङ्गामा ७ जना, झापामा १२ जना, तेह्रथुममा २ जना, धनकुटामा ३ जना, मोरङमा ४६ जना, सङखुवासभामा ६ जना र सुनसरीमा २७ जना

प्रदेश २ मा : धनुषामा ६४ जना, पर्सामा ६५ जना, बारामा ७१ जना, महोत्तरीमा २० जना, रौतहटमा २९ जना, सप्तरीमा १ जना, सर्लाहीमा १०९ जना

बाग्मती प्रदेशमा : काठमाडौंमा ३५७ जना, काभ्रेपलान्चोकमा ७ जना, चितवनमा ५६ जना, दोलखामा ५ जना, धादिङ्मा ३ जना, नुवाकोटमा ४ जना, भक्तपुरमा ४२ जना, मकवानपुरमा २२ जना, रामेछापमा १ जना, ललितपुरमा ४६ जना र सिन्धुपाल्चोकमा ३ जना

गण्डकी प्रदेशमा : कास्कीमा ३१ जना, गोरखामा ५ जना, तनहुँमा ३ जना, नवलपरासी पूर्वमा ६ जना, लमजुङमा ९ जना र बाग्लुङमा १ जना

प्रदेश ५ मा : कपिलवस्तुमा ११ जना, गुल्मीमा १० जना, दाङमा ४ जना, नवलपरासीमा ९ जना, पाल्पामा २ जना, प्यूठानमा २ जना, बर्दियामा ५ जना, बाँकेमा ८ जना र रुपन्देहीमा ५२ जना

कर्णाली प्रदेशमा : कालीकोटामा २ जना, जाजरकोटमा १ जना, दैलेखमा ६ जना, सल्यानमा २ जना, र सुर्खेतमा ७ जना
सुदुरपश्चिम प्रदेशमा अछाममा ६ जना, कञ्चनपुरमा ३ जना, कैलालीमा १५ जना, डोटीमा ४ जना, दार्चुलामा २ जना, बझाङमा १० जना र बैतडीमा २ जना

यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् :

अस्पतालमा हुनुहुन्छ ? अपनाउनुहोस् यी सावधानी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?