काठमाडौं – पूर्ण लकडाउनको झण्डै चार महिना बिताएर गत असार १ गतेबाट जोर बिजोर प्रणाली नीति पालना गरेका जनताले ६० दिनको अप्ठेरो दैनिकीपछि पनि उही नतिजा पाएका छन् । अर्थात् लकडाउन ‘लुजडाउन’ गरेको सरकारले त्यसको केहि समयमा संक्रमितको संख्या कमि भईरहेको भन्दै ३ हजारदेखि ४ हजार हाराहारीमा दैनिक सातादिन भन्दा बढी जाँचपड्ताल गरेको स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक दिएको तथ्याङ्कअनुसार संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको छ ।
यहि तथ्याङ्क देखाएर प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकाले । देशका घना बस्ती भएका शहर, सीमानाकासँग जोडिएका जिल्ला र त्यहाँका बस्तीहरु पनि कोरोनाको संक्रमणको नराम्रो शिकार भएका छन् ।
अझ स्थिती भयावह हुनुको कारण यो पनि हो की केहि समय अगाडी यो संक्रमण वैदेशीक रोजगारीबाट फर्केका युवाहरुमा थियो । तिनमा लक्षण पनि निकै कममा मात्रै देखियो । असहज परिस्थिती पनि भएन ।
मृत्युदर पनि निकै कम थियो तर पछिल्लो समय समुदायमा कोरोना भाईरसको संक्रमण फैलिन थालेपछि वृद्धवृद्धा, औषधी सेवन गरिरहेकाहरु, दिर्घरोगले थलिएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुमा यो भाईरस शरीरमा प्रवेश गर्नु निकै घातक सावित भएको छ ।
पछिल्लो मृत्युदरले त्यहि कुरा ईङ्गित गरिरहेको छ । यसैबीच लोकपथसँगको कुराकानीमा चिकित्सकले हालको अवस्थामा अपरिहार्य अवस्था नभई अस्पतालको सम्पर्कमा नजानको लागि अनुरोध गरेका छन् । जाँचपड्तालका क्रममा जानैपर्ने अवस्था आउँदा वा कुरुवा बस्नुपर्ने परिस्थितीमा पनि थप सावधानी अपनाउनको लागि केहि उपायहरु सुझाएका छन् ।
सामान्य किसीमका रोगको उपचार गर्नको लागि अस्पताल नजाऔँ ।
कोही बिरामीलाई भेट्नको लागि अन्य समयमा जस्तो भिडभाड गरी सकभर अस्पताल नजाऔँ ।
अस्पताल जानैपर्ने स्थिती आएमा सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर मात्रै जाऔँ ।
अस्पताल परिसरमा बस्ने, घुमफिर गर्ने, धेरै मानिसहरुको सम्पर्कमा जाने नगरौँ ।
यदि बिरामी कुरुवा हुनुहुन्छ भने आफूले खाना खाने स्थान र त्यहाँ सुरक्षाका सावधानी अपनाए नअपनाएबारे हेक्का राखौँ ।
आफ्ना बिरामीलाई अनिवार्य मास्कको प्रयोग गर्न दिऔँ ।
आफूले पनि अनिवार्य मास्क र पन्जाको प्रयोग गरौँ ।
आफू अस्पताल गएको मिती टिपेर राखौँ ।
अस्पताल परिसरका एटिएम, बैकमा जाँदा निकै सावधानी अपनाउनुहोस् । रुपैयाँ पैसा छोएपनि अनिवार्य साबुनपानीले हात धुने र सेनिटाईजर गर्नुपर्छ ।
अस्पतालमा औषधी पसलमा पनि गईरहनुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा धेरै मानिसको सम्पर्कमा रहने ति पसलहरुमा पनि कोरोना भाईरसको स्पट बन्न सक्छन् । त्यसैले स्वास्थ्य सुरक्षाका सावधानीहरु पालना गर्नुहोस् ।
कोभिडका बिरामीलाई एकैपटक आवश्यक सामान पुर्याउनुपर्छ । पटकपटक अस्पताल परिसर गईरहनु उचित हुँदैन ।
अस्पतालमा बिरामीको अतयाधिक चाप र बढ्दो कोरोना संक्रमणका कारण चिकित्सहरु डाक्टर नर्स अधिक नै दबाबमा रहन्छन् । धेरैजना बिरामी र संक्रमित हेर्नुपर्ने भएकोले उनीहरुले पिपिईको प्रयोग गरेका हुन्छन् । यस्तो अवस्थामा कोरोना भाईरस पिपिईको बाहिर भागमा रहेको पनि हुनसक्दछ । त्यसैले चिकित्सकसँग बिरामी कुरुवाले केहि भौतिक दूरी कायम गरेर भेटौँ वा आफ्नो बिरामीको बारेमा जानकारी लिऔँ ।
बिरामी भेटेर घर गएपछि वा बिरामीको डिस्चार्जपछि घर लैजाँदा राम्ररी डिस्ईन्फेक्टेड मेडिसिन छर्केर मास्कको प्रयोग गरी, सेनिटाईजरको प्रयोग गरेर र अस्पताल बस्दा प्रयोग गरेका लुगाफाटो, भाँडाकुँडा तातोपानीले राम्ररी धोई पखाली राख्नुपर्छ ।
यदि कोरोना भाईरस कोभिड १९ साग मिल्दाजुल्दा लक्षण देखिएमा तुरुन्छ चिकित्सकसँग परामर्श लिई नजिकैको स्वास्थ्य संस्थामा गई जँचाउनुपर्छ ।
यदि तपाईको उठबस र सम्पर्कमा रहेका व्यक्तिमा कोरोना भाईरस संक्रमण देखिएमा सेल्फ आईसोलेसनमा बस्नुहोस् र स्थानीय तहको समन्वयमा हुने कन्ट्याक ट्रेसिङमा आफ्नो स्वाब परिक्षणका लागि दिनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया