शुरु भयो सत्तारुढ नेकपाको सचिवालय बैठक

काठमाडौं – केहि घण्टाका लागि भन्दै सारीएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

आज बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको थियो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारी अनुसार बैठक केहिबेरअघि बालुवाटारमा सुरु भएको छ ।

बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताईएको छ ।

त्यस्तै राष्ट्रियसभाको रिक्त पदमा कसलाई लैजाने भन्ने विषयमा पनि छलफल हुनेछ । यहि विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो बुधबार भएको छलफल बिना निष्कर्ष सकिएको थियो।

प्रधानमन्त्री ओलीले वर्तमान अर्थमन्त्री डा। युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनयन गरी मन्त्रालयमा पनि उनैलाई निरन्तरता दिन चाहेका छन् भने पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले भने राष्ट्रियसभामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लैजाने गत वर्ष १४ फागुनमा पार्टीले गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएका छन्।
प्रधानमन्त्रीको छनौटमा खतिवडा नै रहेका कारण भदौ २० गतेसम्मको डेडलाईन उनीसँग छ । त्यसका लागि नेकपा नेतृत्वसँग आज र भोली शुक्रबार दुई दिन मात्रै समय रहेको कारण पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ । (file photo)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?