नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ब्राजिली स्टार नेयमारसहित तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको (पीएसजी) ले बताएको हो ।

पीएसजीका फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको बताईएको छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?