श्रमिकले रोजगारदाता कम्पनी परिवर्तन गर्न पाउने

कतारमा ‘निश्चित’ र ‘खुल्ला’ करारपत्र भएका दुवै खालका श्रमिकले रोजगारदाता कम्पनी परिवर्तन गर्न पाउने भएका छन् ।

यसअघि निश्चित करारका श्रमिकले दुई वर्ष र खुल्ला करारमा आबद्धले पाँच वर्ष काम गरेपछि मात्रै रोजगारदाता कम्पनी परिवर्तन गर्न पाउने प्रावधान थियो ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले भदौ १४ मा रोजगारी बदल्न रोजगारदाताको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (रिलिज पेपर) चाहिने बाध्यकारी प्रावधानलाई हटाएपछि सबै श्रमिकका लागि कतारको श्रमबजार खुल्ला भएको कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?