यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ६३ हजार ६ सय ६१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६० लाख ४७ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ८२ लाख ९४ हजार २ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ६ सय ४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९ हजार २ सय ७९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ६ सय ८६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २७ हजार २ सय ५७ पुगेको छ । हालसम्म ३५ लाख ६ हजार ७ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३९ लाख ६१ हजार ५ सय २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २२ हजार ९ सय ४१ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३१ लाख ५९ हजार ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ६० जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६७ हजार १ सय ३ पुगेको छ । बितेको २४ घण्टामा ६० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख २६ हजार ३ सय ८७ पुगेको छ । हालसम्म २९ लाख ५० हजार १ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय २३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ४ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ५२ जनामा कोरोना पुष्टि भएको र १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख २१ हजार १ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २९ हजार ६८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ५७ हजार १ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ७१ हजार ५ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?