काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । भोली बस्ने नेकपा सचिवालय बैठकमा पार्टीभित्रको सबै विषयमा छलफल गर्न दुवै नेता तयार भएका छन् ।
राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्य पदमा अर्थमन्त्री डा युवराज खतिवडा वा पार्टी उपाध्यक्ष वामदेव गौतम कस्लाई लैजाने भन्ने विषयमा भोलीको बैठकमा छलफल गर्न नेताहरु सहमत भएका हुन् ।
ओलीले गौतमले सो पद यसअघि नै अस्वीकार गरेकाले युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड भने पार्टीले गौतमलाई पठाउन निर्णय नै गरिसकेकाले निर्णय कार्यन्वयन गर्नुपर्ने पक्षमा रहेका छन् ।
आजको बैठकमा अध्यक्षद्वयबीच कार्यदल प्रतिवेदन, राष्टिय सभा सदस्य पदमा सिफारिस गर्ने व्यक्ति लगायतका विषयमा भोलीको बैठकमा छलफल गर्ने सहमती भएको हो ।
प्रचण्ड ओलीलाई भेट्न प्रचण्ड बुधबार साँझ ५ बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच २ घण्टा जति विविध विषयमा छलफल एवं कुराकानी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया