सुरेश रैना भन्छन् : ‘म फेरि यो सिजनको आईपीएल खेल्न सक्छु’

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा यूएईबाट फर्किएको कुराबारे चेन्नई सुपरकिंग्सका ब्याट्स्सम्यान सुरेश रैनाले कारण खोलेका छन् ।

उनले आफ्नो परिवारको कारण घर फर्किनु परेको तर फेरि चेन्नईमा जोडिन सक्ने बताएका हुन् ।

उनले र महेन्द्रसिंह धोनीले १५ अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

उक्त समयमा घरको समस्या समाधान गर्नु नै महत्वपूर्ण लागेर फर्किएको उनले बताएका छन् ।

उनले चेन्नई सुपरकिंग्स पनि एक परिवार भएकोले फेरि अब जोडिन सक्ने बताएको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?