काठमाडौं उपत्यकामा थपिए ३८८ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उपत्यकामा पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो काठमाडौं उपत्यकामा एकैपटक ४ सय ८१ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । मंगलवार (हिजो) नेपालमा एकैपटक १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?