लद्दाखमा भएको झडपलाई लिएर अमेरिकाले चीनलाई दियो चेतावनी !

काठमाडौं । चीन भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा अहिले तनाव जारी छ ।

गत १५ जूनमा भएको हिंसात्मक झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए । त्यसपछि भारत र चीनबीचको सम्बन्धमा दरार उत्पन्न हुँदै आएको छ ।

पहिलो हिंसात्मक झडप भएको ७५ दिनपछि २९/३० अगस्टको राती फेरि झडप भएको थियो । जसमा १ भारतीय सैनिको मृत्यु भएको बताइएको छ ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले आफूले यस विषयमा गहन अध्ययन गरेको र शान्तिपूर्ण समाधानको आश गरेको बताएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीन आफ्ना छिमेकी देशहरुसँग आक्रामक बनेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?