विमान रित्तै उड्दा पनि श्रमिक जान नपाउने

सरकारले विदेश जाने नयाँ तथा पुराना श्रमिकका लागि श्रम स्वीकृति खुला गरे पनि अनुमति पाएका श्रमिक भने अभैm विदेश जान पाएका छैनन् । सरकारले श्रम स्वीकृति दिने प्रक्रियामात्र खुला गरेको र श्रम गन्तव्यमा नियमित हुने उडानमा पठाउन कुटनीतिक पहल नगर्दा पुनः श्रम स्वीकृति लिएर बसेका ४ हजार युवा रोकिएका हुन् ।
हाल रोकिएका युवा जाने देशले भने विदेशीको प्रवेशलाई अनुमति दिइसकेका छन् । सरकारले असार १८ देखि पुनः श्रम स्वीकृति खुला गरेपछि अनुमति पाएरै बसेका ४ हजारभन्दा बढी श्रमिक नै विदेश जाने दिनको प्रतिक्षामा बसेको २ महिना भइसकेको छ ।

सरकारले सोमबारदेखि नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको भए पनि उडान भने निश्चित गरेको छैन । कतिपय श्रम गन्तव्यले विदेशी नागरिको आगमनलाई अनुमति दिएको भए पनि श्रम स्वीकृति लिएर बसेको जान पाएका छैनन् ।
नेपालबाट श्रम गन्तव्यका लागि नियमित उडान समेत भइरहे पनि सरकारले कतार, साउदी अरब लगायतका देशमा जाने व्यवस्था मिलाउन सकेको छैन । विदेशबाट नेपालीलाई लिएर आएको विमान पठाउन सकिने सम्भावना भए पनि सरकारले पहल गर्न नसकेको श्रमिकको गुनासो छ ।कारोबार दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?