लक्षण देखिएका कोरोना संक्रमितमा रेम्डिसिभिर उपयोगी

विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना संक्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझावसमेत दिएका छन् ।

येटिचेम वितरक प्रालिले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुङ्गानाले लक्षण देखिएका तर दीर्घरोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताए ।

नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोनाभाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको सङ्ख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?