युरिया मल पठाउन बंगलादेश तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच मंगलवार टेलिफोनमा छलफल भएको छ । कुराकानीमा दुई देशबीचको सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले धान खेतीका लागि युरिया मल आवश्यक भएकाले केही दिनका लागि सो मल सापटी दिएर सहयोग गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले गरेका आग्रकलाई हसिना समक्षले युरिया मल पठाउन गरेको आग्रह सहर्ष स्वीकार गरेकी ओली ट्वीटमार्फत जानकारी दिएका छन् ।

दुई प्रधानमन्त्रीबीच दुवै देशबीच व्यापार, उर्जा लगायतका विषयमा सहकार्य गर्ने विषय छलफलमा भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?