१८ चैत्र २०७९, शनिवार

नेपालको बद्नाम गर्ने विदेशी आमा-छोरा निगरानीमा

२०७४,आश्विन,९,सोमवार ०१:२९

0
Shares

काठमाडौं, ९ असोज- नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाएको छ । पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रसार गरेको भन्दै बेलायती पर्यटक जेम्मा र चार्ली बेटेबारे अनुसन्धान गर्ने भएका हुन् ।३५ वर्षीया जेम्मा र उनका १५ वर्षका छोरा चार्लीले आफ्नो गल्ती ढाकछोप गरी नेपालको प्रतिष्ठामा आँच आउने काम गरेको प्रहरीको ठहर छ । उनीहरू साउन ३० गते अन्नपूर्ण सर्कलमा पदयात्रा गरिरहँदा स्थानीय एउटा चियापसलमा पैसा नतिरी हिँडेपछि पसले महिलाले चियाको पैसा माग्दा नतिरी भिडियो खिचेर सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त भिडियो युट्युब र बेलायतको एउटा अनलाइनबाट पोस्ट भएपछि भाइरल भएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।जेम्मा र उनका छोरा चार्लीले ‘पदयात्रा क्षेत्रका होटललगायत विषयमा जानकारी नलिएको र नेपाली दक्ष पथप्रदर्शक प्रयोग नगरी आफूखुसी जथाभावी पदयात्रा गरेको’ प्रहरीको भनाइ छ । घटनाको ४५ दिनपछि बेलायतबाट नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक सन्देश फैलाउने समाचार सार्वजनिक हुनुले उनीहरूमाथि कुनै अन्याय नभएको प्रस्ट हुने प्रहरीको तर्क छ । ‘समस्या भए स्थानीय प्रहरीलाई जानकारी दिन सक्थे तर कुनै जानकारी नगराई गलत हिसाबले यो काण्ड मच्चाउने प्रयास भएको छ । उनीहरूमाथि निगरानी सुरु गरेका छौं’, पर्यटक प्रहरी इकाइका अनुसन्धान अधिकृत दिनेश थापाले भने ।पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई बेलायत पुगेपछि मात्र ती पर्यटकले भिडियो सार्वजनिक गरेबाट आशंका पैदा भएको बताउँछन् ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार ०१:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८