दुई दिने भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, २२ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।स्वदेश फर्फिनुअघि उनले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै उनले मंगलबार विहान नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँग छलफल गरेका थिए ।अब्बासी सोमबार अपराहृन काठमाडौं आएका थिए । उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो ।अब्बासीलाई विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?