नुवाकोट, २२ फागुन । नुवाकोटका एक नवदम्पत्तिले विवाहको खर्च कटाएर स्थानीय विद्यालयलाई दुई लाख २ हजार २ सय दुई रुपैयाँ सहयोग गरेका छन् ।बेलकोटगढी नगरपालिका ११ का गोकर्णप्रसाद तिवारीले विवाहमा खर्च हुने रकम कटाएर आफूले माध्यामिक शिक्षा हाँसिल गरेको नगरपालिकाको वडा नम्बर १० मा रहेको निरञ्जना उच्च माविका गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउन आफ्ना पिता स्वर्गीय होमनाथ तिवारीको नाममा अक्षय कोष स्थापना गरेका हुन ।सो कोषको ब्याजबाट आउने रकमबाट एसईई परीक्षामा उत्कृष्ट हुने चार जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने विद्यालयका प्राचार्य शिवराज पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया