विजयराम मृत्यु प्रकरण : इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा

काठमाडौं । रौतहटको गरुडास्थित विजयराम चमार मृत्यु प्रकरणमा एक इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै इन्स्पेक्टर निविन कुमार सिंह सहित ३ प्रहरी निलम्बनमा परेका हुन् ।

गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया का २० वर्षीय निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका उनको सोधपुछमा संलग्न इलाका प्रहरी कार्यालय गरुडाका सिंहसहित प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई निलम्बन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?