काठमाडौं । सिरियाको राजधानी दमिश्कको दक्षिणी भागमा इजरायली सेनाले सोमवार राती मिसाइल हानेको सिरियाले दाबी गरेको छ ।
सिरियाका सैन्य अधिकारीहरुले यसबारेमा जानकारी दिएका हुन् ।
सिरयिाई सेनाका एक अधिकारीले बचाउका लागि निशानामा आफूले पनि गोली हानेको बताएका छन् ।
कसलाई निशाना बनाइएको हो भन्ने बारेमा भने स्पष्ट छैन । तर सरकारी टिभी च्यानलले गोलन हाइट्समा युद्धक विमानद्वारा हमला भएको बताएको छ ।
स्थानीय समयानुसार राती ११ बजे यो घटना भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया