काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन ।

यसैबीच इण्डोनेशियामा अहिले डरलाग्दो कोरोना भाइरस देखा परेको छ । इण्डोनेशियामा हालको भन्दा १० गुणा धेरै संक्रामक कोरोना भाइरस फेलापरेको हो ।

यो जानकारी जकार्ताको इज्कम्यान इन्स्टीट्यूट फर मलिक्यूलर बायोलोजीले दिएको हो । त्यहाँका स्वास्थ्य मन्त्रालयको डेटाका अनुसार हालसम्म ७ हजार४१७ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ७९६ जना संक्रमित भएका छन् ।

त्यस्तै १ लाख २५ हजार ९५९ जना संक्रमण मुक्त भएका छन् भने ४१ हजार ४२० जना उपचाररत छन् ।

इज्कम्यान इन्स्टीट्यूटको डिप्टी डाइरेक्टर हेरावती सुडियोले कलेक्ट गरिएको स्याम्पलको जीनोम सीक्वेन्समा कोरोनाको डी६१४जी म्यूटेशन पाइएको बताइन् ।

सुडायोका अनुसार भाइरसको यो प्रकोप घातक नभए पनि धेरै संक्रामक रहेको छ । यो भाइरस अन्य भन्दा १० गुणा धेरै घातक रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया