लिदी पहिरोमा मृतक संख्या ३७ पुग्यो, २ जना अझै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?