काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनमा आफू्रहरुले साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।संसदमा प्रमुख विपक्षी दलका नेता देउवाले काँग्रेसले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गर्ने बताएका हुन् । विपक्षी दलको नेताका हैसियतले संसदको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको पनि बताए ।उनले आफू नेतृत्वको सरकारले नै संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउने कोशिस गरेपनि त्यसमा सफल हुन नसकेको बताउँदै वर्तमान सरकारलाई यो काममा सफलता मिल्ने विश्वास व्यक्त गरे ।उनले एमाले नेतृत्वको सरकारले नै संविधान संशोधन प्रक्रिया सुरु गरेकोप्रति व्यंग्य गर्दै भने, ‘हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरु पनि संशोधनमा पक्षमा आउँदा खुसी लागेको छ ।’यद्यपि उनले लामो संघर्षबाट संविधान बनेको भन्दै उनले संविधानका आधारभूत संरचनामा परिर्वतन गर्न खोजे काँग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया