काठमाडौं । पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा मात्रै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार काठमाडौं उपत्यकामा थपिएका २९८ जना संक्रमित मध्ये ६७ जना संक्रमित ललितपुरका रहेका छन् ।
यसैबीच नेपालमा आज (सोमवार) थप ८९९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।
नेपालमा हिजो (आईतवार) १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया