७५ दिनपछि लद्दाखमा फेरि झडप : चीनले तैनाथ गर्यो आफ्नो लडाकू विमान

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा फेरि एकपटक चीन र भारतबीचका सैनिकहरुमा झडप भएको छ ।

उक्त झडप ७५ दिनपछि फेरि भएको हो । सीमामा चीनका सैनिकहरु पसेको आरोप भारतले लगाएको छ भने चीनले आफ्ना सैनिकहरु भारतको इलाकामा प्रवेश नगरेको स्पष्टिकरण दिएको छ ।

ईस्टन लद्दाखको प्यांगोंग क्षेत्रमा दुबै देशका सैनिकको बीचमा २९/३० अगस्टको राती झडप भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै उक्त झडप पछि चीनले उक्त क्षेत्रमा जे-२० जेट तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गत १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भएको चीन(भारतबीचको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए । चीनको तर्फबाट भने केहि जानकारी आएको थिएन ।एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?