काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोनाका कारण दिनहँ हजारौँको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि पूर्ण सपलता भने हात पर्न सकेको छैन ।
यसैबीच अमेरिकी विशेषज्ञले कोरोना भ्याक्सीन बने पनि मात्र एक डोजले काम नगर्ने बताएका छन् ।
कोरोनाबाट निको हुनका लागि भ्याक्सीनका दुई डोज आवश्यक रहेको बताइएको छ ।
टेनेसीको भ्यान्डरबिल्ट यूनिभर्सिटीका हेल्थ पोलिसी प्रोफेसर डा. केली मूरले यो मानव इतिहासको सबैभन्दा कठिन भ्याक्सीनेशन प्रोग्राम भएको बताएका छन् ।
अमेरिकाको भ्याक्सीन मार्केटमा ल्याउनका लागि अहिले अप्रेशन वार्प स्पीड चलाईरहिएको छ । मोर्डना र फाइजरको भ्याक्सीन अहिले तेश्रो चरणको ट्रायलमा छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया