चेन्नई सुपर किंग्सका बलर दीपक चाहरलाई कोरोना संक्रमण

काठमाडौं । बीसीसीआईले एक दिन पहिला आईपीएलमा २ खेलाडी र ११ स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । तर बोर्डले को थिए ति खेलाडी भन्ने बारेमा भने जानकारी दिएको छैन ।

उक्त दुबै जना खेलाडी चेन्नई सुपरकिंग्सका रहेको बताइएको छ । चेन्नईका तीव्र गतिका बलर दीपक चाहर कोरोना संक्रमित भएको उनकी बहिनीमालतीले बताएकी छन् ।

उनले एक ट्वीट गर्दै यो जानकारी दिएकी हुन् । दीपकले अहिलेसम्म ३४ वटा आईपीएलमा ३३ विकेट लिएका छन् ।

उनले गएको सीजनमा १७ म्याचमा २२ विकेट लिएका थिए । दीपकले टीम इण्डियाका लागि टी २० मा भारतको तर्फबाट ह्याट्रिक लिने पहिलो बलर हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?