के धोनी बस्ने जस्तो कोठा नपाएर फर्किएका थिए सुरेश रैना ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) कोरोना भाइरसका कारण यस वर्ष यूएईमा हुँदै छ । १९ सेप्टेम्बरबाट आर्यपीएल शुरु हुँदै छ ।

यो भन्दा पहिले नै चेन्नईका दुई खेलाडी र ११ स्टाफलाई कोरोना संक्रमण भएको छ । त्यस्तै सुरेश रैना निजी कारण देखाउँदै यूएईबाट भारत फर्किएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रैनालाई यूएईमा होटलको कोठालाई लिएर असन्तुष्ट रहेको कुरा बताएका छन् ।

उनी कप्तान धोनीको जस्तै रुम नपाएकोले फर्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?