यूएस ओपनमा कोरोनाको पहिलो केस : फ्रान्स टेनिस प्लेयर बाम्बालाई कोरोना संक्रमण

काठमाडौं । टेनिस ग्र्याण्ड स्ल्याम यूएस ओपन आजबाट न्यूयोर्कमा शुरु हुँदैछ । तर यो भन्दा पहिला नै टुर्नामेण्टमा फेरि कोरोनाको संक्रमणले हैरान बनाएको छ ।

फ्रान्सका स्टार प्लेयर बाम्बा पेरलाई कोरोना संक्रमण भएको हो । जसका कारण उनी टुर्नामेण्टबाट हटेका छन् ।

यूएस ओपनमा यो नै कोरोनाको पहिलो केस हो ।

यो टुर्नामेण्ट कोरोनाका कारण बायो सिक्योर माहोलमा बिना दर्शक नै हुन लागेको हो । बाम्बा पेर गएको हप्तामात्र न्यूयोर्क गएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?