काठमाडौं । पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख मनिष कुमार अर्याललाई अख्तियारले ५ लाख ३० हजार घुससहित पक्राउ गरेको छ।
विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अर्याललाई सो रकमसहित पक्राउ गरेको हो।
निज सवार रहेको ३३–१–०९६१ नम्बर गाडी सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश न ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया