भारतमा आज कोरोनाबाट ८८२ जनाको मृत्यु

भारतमा कोरोनाभाइरसबाट आइतबार अबेरसम्म ८८२ जनाको मृत्यु भएको छ । यस्तै ७४ हजार ३० जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १३ हजार ७४२ पुगेको छ भने मृतकको संख्या ६४ हजार ५०० नाघेको छ। हालसम्म भारतमा कोरोना निको हुनेको संख्या २७ लाख ६८ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?