स्रोत नखुलेको ५ लाख बढी रकमसहित इञ्जिनीयर पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आज मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ ।

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको ५ लाख ३० हजारसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

उनलाई आज अपराह्न ४।३० बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?