राजपालाई पनि सरकारमा ल्याउन पहल

काठमाडौं, २२ फागुन- प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा नेतृत्वसँग छलफल पनि गरे।संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेको सरकारले आइतबार र सोमबार राजपालाई पनि सरकारमा आउन पहल थालेको हो। ओली नेतृत्वको सरकारमा जाने-नजाने विषयमा निर्णय लिने जिम्मेवारी राजपाले अध्यक्ष ठाकुरलाई दिएको छ।राजपालाई पनि सरकारमा सहभागी गराएर ओली शक्तिशाली सरकारका प्रधानमन्त्री बन्ने रणनीतिअनुरूप छलफल गरेका हुन्। फोरम-राजपा दुवै दललाई दुई-दुईवटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको स्रोतले दाबी गरेको छ।राजपा अध्यक्ष मण्डलका नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओलीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको पुष्टि गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?