काठमाडौं । दक्षिण चीन सागरमा अमेरिका र चीनको तनावका बीच अर्को राष्ट्र भारत पनि होमिएको छ ।
भारतीय नौसेनाले आफ्ना जंगी जहाज दक्षिण चीन सागरमा तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
चीन भारत सीमावर्ती क्षेत्र गलवान घाटीमा भएको हिंसात्मक झडपलाई हेरेर यो कदम उठाएको भारतले जनाएको छ ।
उक्त हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो । यसपछि भारतीय नोसेनाले दक्षिण चीन सागरमा आफ्नो एक फ्रन्टलाइन वारशिप तैनाथ गरेको हो ।
अमेरिका र चीनबीचको तनावपूर्ण अवस्थामा भारतको दक्षिण चीन सागरमा इन्ट्रीलाई लिएर विज्ञहरु भने निराश छन् ।
उक्त क्षेत्र चीन १ हजार वर्ष पहिला बाटै आफ्नो भएको बताउँछ भने अमेरिका उक्त क्षेत्र अन्य छिमेकीदेशहरुको पनि बराबरी अधिकार रहेको बताउँदै आएको छ ।
चीन र अमेरिकाले आफ्नो सैन्य लडाकू विमान समेत उक्त क्षेत्रमा तैनाथ गरेका छन् । साथै एक अर्कालाई चेतावनी दिँदै आएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया