काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ८ सय २२ जना रहेका छन् ।
कुल संक्रमित मध्ये ५४ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा १५६९ जना
प्रदेश २ मा ४७४३ जना
वाग्मती प्रदेश १०२३ जना
गण्डकी प्रदेशमा १७०७ जना
प्रदेश ५ मा ४८४९ जना
कर्णाली प्रदेशमा २०८३ जना
सुदूरपश्चिम प्रदेशमा ४८४८ जना
नेपालमा आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।
प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया