५०० भन्दा बढी सकिय्र संक्रमित रहेका जिल्लाको संख्या ११ पुग्यो

काठमाडौं । नेपालमा आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ११ जिल्ला

 

  • काठमाडौं
  • ललितपुर
  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • मोरङ
  • बारा
  • सर्लाही
  • धनुषा
  • चितवन
  • रुपन्देही

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?