काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यस विरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिए पनि पूर्ण सफलता हात लाग्न सकेको छैन ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्ति सातामा शुरु भएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

जाडो सिजनमा कोरोनाले झनै विकराल रुप लिन सक्ने वैज्ञानिकहरुले आँकलन गरेका छन् ।
बेलायतको सरकारको लीक भएको एक दस्तावेजका अनुसार जाडो सिजनमा सबेभन्दा नराम्रो अवस्थाको बेला बेलायतमा कोरोनाले ८५ जना मानिसको ज्यान लिन सक्ने पत्ता लागेको हो ।

अहिलेसम्म बेलायतमा ४१ हजार ४९८ जनाको मात्र मृत्यु भएको छ ।
बेलायती सरकारको साइन्टिफिक एडभाइजरी ग्रुप फर इमर्जेन्सिज (एसएजीई) ले आफ्नो रिपोर्टमा जाडोमा कोरोनाले हुने सबैभन्दा नराम्रोस्थितिको आँकलन गरेको छ ।

‘mirror.co.uk’ को रिपोर्टका अनुसार सेजले सरकारले फेरि लकडाउन गर्नपर्ने बताएको छ । साथै स्कूल बन्द गर्नुपर्नेछ ।

यो रिपोर्टको उद्देश्य देशलाई कोरोनाबाट बच्न कुनै पनि अवस्थामा तयार बनाउने रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया