धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं –  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो भने उनमा अत्याधिक खोकी, श्वास प्रश्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो आउने समस्या रहेको थियो ।

यस्तै ६० वर्षीय पुरुषमा पनि अअत्याधिक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेह र कलेजोमा समेत समस्या रहेको थियो । उनको अइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो । मृतक दुबैमा आइतबारमात्रै कोरोना पोजेटिभ देखिएको बताइएको छ । शवको व्यवस्थापनि नियमानुसार गर्ने तयारी थालिएको प्रतिष्ठानले जनाएको छ ।

पछिल्लो समय नेपालको समुदायस्तरमा कोरोना भाईरस ‘कोभिड १९’ को संक्रमण फैलिएसँगै मृत्युदर बढीरहेको छ । कोरोनाबाट बच्न अनिवार्य मास्कको प्रयोग, भौतिक दूरी कायम, सेनिटाईजरको प्रयोग वा साबुनपानीले मिचीमिची हात धुन र अतयावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?